सफल र असल मानिस बन्न गर्नेंपर्ने यी ६ कुराहरु, जसले तपाईंको जीवनमा ठुलो परिवर्तन ल्याइदिन्छ

0

तनाव मानिसको सबैभन्दा ठूलो दुश्मन हो। तनावरहित मानिस सधैँ अगाडी बढ्न सक्छ भने तनावमा परेकाहरु क्षमतावान् भएर पनि पछि परिरहेका हुन्छन्।

कतिपय स-साना कुराहरु जुन हामीले ख्यालै गरेका हुँदैनौ तर यसले दैनिक जिवनमा असर पारिरहेको हुन्छ र तनाव सिर्जना गरिरहेको हुन्छ। यस्ता केहि कुराहरुमा ध्यान दियौ र तिनलाई सहि ढंगले व्यबस्थापन गर्न सक्यौ भने जिवन सोचे जस्तै बन्छ।

जानौ जिवनमा सकारात्मक असर पार्ने केहि कुराहरु :

१.  सम्बन्ध 

जिवनको सबैभन्दा महत्वपूर्ण कुरा सम्बन्ध हो।कतिपय अवस्थामा जानी- नजानी धेरै असल सम्बन्धहरु हामीदेखी टाढिइरहेका हुन्छन्। हामीलाई अफ्ठ्यारो पर्दा दु:खसुखमा साथ दिने सहयोगी मनहरुको चित्त दुखिरहेको हुन्छ। त्यसैले सफलता- असफलता जिवनका हरेक घुम्तीहरुमा काम आउने हरेक सम्बन्धलाई जोगाएर राखौं

२.  दैनिक उपभोग गर्ने सरसामान

हामीले थुप्रै कुराहरु दैनिक उपभोग गर्छौं। किचेनमा प्रयोग हुने सरसामानहरु जस्तैं -चक्कु,खाना पकाउने भाँडाकुडा,तरकारीहरु र अन्य सरसामानहरु, ति सामानहरु सधैं एकै ठाउँमा राखियो भने,भनेको समयमा भेटिने गर्छ र समयको बचत हुनुको साथैँ काम गर्न दिक्दारी हुँदैन। त्यस्तै लगाउने कपडाहरु पनि जस्तैँ :- पाइन्ट, टिशर्ट ,भित्री कपडाहरु यी सबै एकै ठाउँमा भद्रगोल गरेर राख्दा भनेको समयमा नभेटिने र हतारको समयमा खोज्न गार्हौ पर्छ।दराजमा चिटिक्क पारेर मिलाएर हरेक कपडाहरु छुट्टाछुट्टै मिलाएर राख्नुहोस् यसो गर्दा कपडाहरु पनि नबिग्रने र ढिलासुस्ती पनि नहुने र दराज पनि आकर्षक देखिन्छ।

३. खानपान

मानिसको शरीरमा लाग्ने धेरै रोगहरुको मुख्य कारण खानपान हो। यदि हामीले खानपानमा मात्रै राम्रो ध्यान दियौ भने हामी सधैँ तन्दुरुस्त र निरोगी हुन्छौ।धेरै चिल्लो,गुलियो,पिरो र अमिलो यि चिजहरु मानिसका स्वास्थ्यको शत्रु हुन्। यिनिहरु जिब्रोको लागी मित्रु र स्वास्थ्यको लागी शत्रु हुन्। सकेसम्म यी चिजहरु कम प्रयोग गरौ। धेरै मसलेदार खानेकुरा प्रयोग नगरौ र खानामा हरिया चिजहरु सागसव्जी,सलाद समाबेश गरौ। मांसहारी भन्दा शाकाहारी भोजनमा बढ्ता ध्यान दिउ र होटल,रेस्टुरेण्टतिर भन्दा घरमै बनाएर खाना खाने बानी बसालौ।

४ . सामाजिक जिवन

तपाई अति व्यस्त हुनुहुन्छ,बिहान आफ्नो काममा निस्केपछि एकैचोटि राती घर फर्कनुहुन्छ। काम र पैसा मात्रै सोचिरहनुभएको छ भने यसले तपाईलाई एकलकाटे मात्रै बनाईदिने होइन,मानसिक रुपमा पनि असर परिरहेको हुन्छ। आफ्नो कामसँगै केहि समय आफन्त,साथीभाई लाई दिने गर्नुस्। गाउँ,टोलमा हुने विभिन्न गतिविधीतिर पनि सहभागी बन्ने र सबैसँग नजिक र घुलमिल हुन खोज्ने। यसले गर्दा सबैसँग आत्मियता बढ्छ।समाजमा असल व्यक्तित्वको रुपमा परिचित होइन्छ र यसो गर्दा आत्मविश्वास बढ्नुको साथै दैनिक काममा सकारात्मक असर पर्छ र शरिरमा उर्जा पनि थपिन्छ।

५ . सहयोगी भावना

मानिसमा नभई नहुने गुण हो सहयोगी भावना। सहयोग पैसाको मात्रै हुँदैन,सहयोग कुनै शाररिक रुपले अशक्त,अपांगत भएका, केटाकेटिहरुको लागी पनि विभिन्न हिसाबले मद्दत गर्न सकिन्छ। पैसा हुनेहरुले गरिबहरुलाई आर्थिक रुपमा मद्धत गरेर र पैसा नहुने तर समय हुनेहरुले अस्पताल,सार्वजानिक बसपार्क,सामाजिक संस्थाहरुमा बसेर स्वयंसेवीको भूमिका निर्वाह गर्न सक्छन्।

६. सकारात्मक सोच

सधैं सकारात्मक बन्नुस्, आफ्नै एकतर्फी कुरा मात्रै सहि हो भनेर भ्रमबाट मुक्त हुनुस्। अरुको कुरा ध्यानपूर्वक सुन्ने बानी गर्नुस्।उ गलत छ, उसको कारणले यी सब नराम्रा कुराहरु भईरहेको छ भनेर सोच्नु अघि कहिकतै आफैँ त चुकिएन, कतै म आफैँले पो गलत त गरिन भनेर समिक्षा गर्नुस्। यसले घाटा पुराउँदैन बरु आफैँलाई आत्मविश्वासी र अरुको नजरमा राम्रो व्यक्तित्वको रुपमा स्थापित गराउँछ।

यी माथिका ६ कुराहरु दैनिक जिवनमा प्रयोग गर्ने र अरुलाई पनि यसमा प्रोत्साहन गरौ जिवन सहि मार्गमा अगाडी बढ्छ।

Share.

Comments are closed.

error: Content is protected !!