सन्यासी जीवन बिताइसकेका आफुलाई साधक भन्न रुचाउने आधुनिक तान्त्रिकको सोच्न बाध्य बनाउने प्रश्न,’के हाम्रो जीवन आमाको गर्भबाट चित्ताको वासस्थानसम्म मात्र हो ?’ [हेर्नुहोस भिडियो सहित]

0

पिएनपिखबर, भक्तपुर : भक्तपुर चागुनारायण नगरपालिका वडा नं १ मा बस्ने आधुनिक तान्त्रिक एवम ज्योतिष मनोज खडका आफुलाई साधक भनेर परिचय दिन रुचाउछन। उनी प्राचिनकालको जसरी वनबास गई गुफामा बसेर ध्यान गर्ने नभई भौतिक संरचना अर्थात घरकै कोठाभित्र बसेर २१ औ शताब्दीको आधुनिक वस्तुको प्रयोग गरी तप गर्ने तान्त्रिकको रुपमा परिचित छन्।

३७ वर्षका साधक मनोज खड्का खली खुवाउने, तन्त्रमन्त्र गर्ने, चीना बनाउने देखि भविष्यबाणीसमेत गर्ने गर्छन। उनले आफ्नो विद्यामार्फत नराम्रो आत्माद्वारा सताइएको व्यक्तिहरुको तन्त्रबाट निवारण गर्ने गर्छन। यो तन्त्रमन्त्र, मोहनी र टुना सम्भब भएको उनको भनाई छ ।

विगत १८ वर्ष देखि तान्त्रिक विद्यामा लागेका आध्यात्मिक गुरु मनोज खड्का भन्छन ,’मलाई शुरुमा तंत्रमन्त्र, भगवान प्रति कुनै आस्था थिएन। मलाई पेटको समस्या थियो। पेटमा केहि जीव हिडेको जस्तो महसुस हुन्थ्यो। मैले नाम चलेको अस्पतालमा गएर जाँच गराए। तर पूर्ण न्युनिकरन पाईन। अचानक एकदिन मेरो अनुहार देख्ने बित्तिकै एक अपरचित बाबाले तीमीलाई बीगार परेको छ भने। बाबाले उल्टा गरेर औषधि खाए पछि निको हुन्छ भनी उल्टा गरेर खान दिए।‘

उल्टा गरेको औषधि खाए पश्चात बिहानीपख उनी हल्का हुन जाँदा केहि जीव जस्तो बाहिर आयो। त्यसपछि उनलाई आजसम्म पेट सम्बन्धी कुनै रोग लागेको छैन। आफुमा यही साधना र आध्यात्मिक ज्ञानले उनका जीवन अहंकारी र वेर्थबाट सर्वश्रेष्ठ र सन्तुष्टीपूर्ण भएको हुँदा आफुले पाएको ज्ञान र जीवन यही क्षेत्रमा लगाउने उनी बताउँछन।

एक अपरिचित बाबाको भेटले गर्दा उनले अध्यात्मिक जीवनको शुरुवात गरेको उनी बताउछन्। शक्ति, आत्मा, तन्त्रमन्त्र, भुतप्रेत छ भन्ने कुरामा उनलाई विश्वास लाग्न थाल्यो साथै तान्त्रिक विद्या के हो भनेर जिज्ञासा लागेपछि उनी त्यही बाबाको संगतमा रहेर उनले धरै ज्ञान प्राप्त गरे। बाबासँगै केहि समय साथमा रहेर उनले अदृश्य शक्तिको बारेमा ज्ञान हासिल गरे। उनले पनि तन्त्रमन्त्रको विद्या सिकेर मानव कल्याणको लागि प्रयोग गर्ने सोचे। थप तान्त्रिक विद्या प्राप्तिको लागि उनी भारत प्रस्थान गरे।

२०५७ साल देखि गोरखनाथ पन्थ र नाट्यश्वोरी अघोर पन्थ गुरुदेवको क्षत्रछाया र संगतमा रहेर गुरु मनोज खड्काले चैतन्य शक्तिको कृपा प्राप्त गरे। माताको हातबाट एक मुठी चामल भिक्षा लिएर ५ वर्ष सम्म घरपरिवार त्यागेर सन्यासीरुप लीई बसेका उनी भन्छन्,’विद्या सिकेपछिको जीवन के रैछ नजिकबाट नियाले। आत्मसन्तुष्टि प्राप्त गरे। जीवन मरे पछि छ या छैन भन्ने विषयमा गहन अध्ययन गर्ने मौका पाए।’

त्रान्त्रिक बाबा भन्छन्, यदि गृहस्थी, परिवार नभएको भए अहिले पनि सन्यासी जीवन बिताउदै कुनै मठ मन्दिर वा नदीको किनारमा हुन्थे होला।

पिएनपिखबरसँगको कुराकानी गर्दा उनी भन्छन,’मेरो गुरुको पन्थ अनुसारले लिनी होइन, यति भनेर माग्ने न त तपाईलाई अधिकार छ न त मलाई अधिकार छ। तपाई हामी सबै यो धरातलमा माग्नको लागि आएका हौ। तपाईहाम्रो आत्मा तृप्त भइदिएको भए आज हामीले दुख गर्नुपर्दैन थियो। हामी हात फैलाएर नै हिडिरहेका छौ। आधा विद्या झन् खतरनाक हुन्छ। तन्त्रलाई दुरूप्रयोग गर्दा विकृति, विसंगति आउने गर्छ।’ अरुले के गरे के गरेनन् त्यसमा उनले खण्डन गर्ने नमिल्ने तर तन्त्रलाई व्यवसायिकरुपमा भन्दा पनि एउटा शिष्यले आफ्नो गुरुको सत्मार्गमा लागि जगकल्याण गर्नुपर्ने उहाँ बताउनुहुन्छ।

हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!