सन्दीप भोलि नेपाल आउदै

0

दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेका सन्दीप लामिछाने मंगलबार स्वदेश आइपुग्ने भएका छन् । सन्दीप नेपाली समयअनुसार दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल आइपुग्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए ।

१७ वर्षीय लेग स्पिनर सन्दीप लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनी आइपिएलका लागि गत मार्च २७ मा भारत गएका थिए । उनलाई दिल्ली डेयरडेबिल्सले २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

सन्दीपले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ विकेट लिन सफल भएका थिए । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको डेब्यु खेलमा प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए ।

त्यस्तै, चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले महत्वपुर्ण ३ विकेट लिन सफल भएका थिए । एका उनले ४ ओभरमा ३६ रन खर्चेका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!