सन्दीप नेपाल फर्किएपछि दिल्लीले दिल खोलेर यसो भन्यो

0

काठमाडौं: इन्डियन प्रिमियर लिगमा आफ्नो बलिङको जादु देखाएका सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् ।

सन्दीप दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । उनलाई विमानस्थलमा नेपाली झन्डा सहित भव्य स्वागत गरिएको थियो । स्वागतमा खेल पदाधिकारी तथा खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

दिल्लीबाट नेपाल फर्केसँगै दिल्ली डेयरडेभिल्सले ट्वीट गर्दै सन्दीपलाई धन्यवाद दिएको छ । दिल्लीले ट्वीट गर्दै सन्दीपले नेपालको शीर उचो बनाएको जनाएको छ । दिल्लीले सन्दीपले खेलेका तीन वटै खेलमा विकेट लिन सफल भएको जनाउँदै सन्दीपको ‘प्यासन’ र ‘पर्फमेन्स’ म्याच भएको जनाएको छ । साथै सन्दीपजस्तो प्रतिभावान युवा क्रिकेटर आफ्नो टिममा हुनु टिमको गर्वको विषय भएको बताउँदै अर्को सिजनको आईपीएलमा सन्दीप दिल्लीमै रहने विश्वास दिल्ली डेयरडेभिल्सले व्यक्त गरेको छ ।

दिल्ली डेयरडेभिल्सले अाफ्नाे टिमका सबै खेलाडीलाई धन्यवाद दिँदै ट्वीट गरेकाे छ ।

दिल्ली डेयरडेभिल्समा २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका सन्दीपले तीन खेलमा १२ ओभर बलिङ गर्दै ८२ रन दिएर ५ विकेट लिएका थिए । उनले चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सका विश्वप्रसिद्ध ब्याट्सम्यानहरुलाई आउट गर्नुका साथै उत्कृष्ट बलिङ गर्दै सबैको मन जित्न सफल भए ।

आईपीएलमा दिल्ली लिग चरणबाटमाथि जान नसके पनि सन्दीपले खेलेका ३ मध्ये २ खेल दिल्लीले जितेको थियो । सन्दीप विश्व ११ बाट वेष्ट इन्डिजविरुद्धको च्यारिटी खेलका लागि इङ्ल्याण्ड प्रस्थान गर्दैछन् । जेठ १७ गते विश्व ११ वेष्ट इन्डिजबीच क्रिकेटको मक्का मानिने लर्डस मैदानमा खेल हुनेछ ।

Share.

Comments are closed.

error: Content is protected !!