सनी लियोनी बनिन् ‘वीरमादेवी’, पहिलोपटक योद्धा अवतारमा देखिदै

0

पिएनपिखबर, भक्तपुर : पोर्नस्टारबाट बलिउड क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री सनी लियोनी वीर योद्धाको अवतारमा देखिने भएकी छिन्। सनीको आउन लागेको फिल्मको पोस्टर सार्वजनिक गरिएको छ।

सनीले आफ्नै ट्वीटरबाट वीर योद्धाको लुक्ससहित पोस्टर सार्वजनिक गरेकी हुन्। पोस्टरमा सनी लियोनी युद्ध क्षेत्रमा योद्धाको पहिरनमा घोडा माथि चढेको देखिएको छ

उनले ट्वीटरमा पोस्टर सार्वजनिक गर्दै लेखेकी छन्, ‘यसलाई तपाईका सामु शेयर गर्नका लागि एकदमै उत्सुक थिए। वीरमादेवीका फस्र्ट लुक पोस्टर।’


तमिल-तेलेगु भाषामा बनिरहेको यस फिल्म मलयालम, कन्नड र हिन्दी भाषामा रिलिज गरिनेछ। यसभन्दा पहिला सनी कयौ साउथ फिल्मको गीतहरुमा नजर आइसकेकी छिन् तर पहिलो पटक साउथ इन्डियन फिल्ममा मुख्य अभिनेत्रीको भूमिकामा देखिने छिन्। हालै फिल्मको शूटिंग धामाधम भइरहेको छ। फिल्मको लागि निर्देशक वी.सी. वाडिवुड्यानले निकै ठूलो रकम खर्च गर्ने भारतीय संचारमाध्यमको खबर छ।

Share.

Comments are closed.

error: Content is protected !!