सद्भावकाे अाठाै वार्षिक साधारणसभा सम्पन्न, वृद्धबृद्धादेखि पत्रकारसम्म सम्मानित[फोटो फिचर]

0

रबिन्द्र बराल,
माेरङ, रंगेली, २९ पुस : सद्भाव बचत तथा ऋण सहकारी संस्थाको शनिबार अाठाै वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा आर्थिक बर्ष ७३ /७४ को आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाले कुल ३ करोड ७७ लाख ५४ हजार ५ सय ३ रुपैया लगानीगरे काे छ । संस्थाले ८० लाख ७३ हजार ४ सय ४४ रुपैयाँ कूल आम्दानी गरी खर्च ७७ लाख ९९ सय हजार ४ सय ९१रुपैया खर्च गरी २ लाख ७३ हजार ९ सय ५३ रुपैया शुद्ध मुनाफा गरेको छ । प्रतिवेदन संस्थाका लेखा समितीका संयाेजक धिरेन्द्र कुमार साहले प्रस्तुत गरेका थिए ।

उक्त संस्थाकाे ४ सय ७० सय जना शेयर सदस्य रहेको छ । संस्थाले रंगेली क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पी, धितो कर्जा दिई वितिय कारोवार गर्दे आइरहेको छ । सो अवसरमा वृद्धबृद्धा, अपाङ्ग, असहाय, उत्कृष्ट बचतकर्ता, ऋणी तथा कर्मचारीलाई सम्मान गरिएको थियो । त्यसै गरी एभिन्युज टेलिभिजनका रंगेली पत्रकार रबिन्द्र बराल, मकालु टेलिभिजनका दिलिप अग्रवाल, उदधाेष दैनिकका किरण न्याैपाने, न्यु श्रीष्टि दैनिकका केशव न्याैपानेलाई समेत उक्त संस्थाले मायाकाे चिनाे प्रदान गरेको थियो ।

कार्यक्रमा अपाङ्ग भएका र अार्थिक स्तर खस्केको मानिक चन्द ऋिसिदेवलाई साईकल बनाउने सामाग्री बितरण गरेको थियो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी माेरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका सदस्य शिव कुमार मंन्डल, विशिष्ट अतिथि रंगेली नगरपालिकाका दिलिप बगडिया, सृजना फ़ाईनन्सका किशाेर दहाल, ससस्त्र प्रहरी बिअाेपि रंगेलीका प्रहरी निरिक्षक बिष्णु हरि घिमिरे डिविजन सहकारीका सहकारी निरिक्षक ताेयानाथ तिमल्सिना, लगायताले कार्यक्रममा बाेलेका थिए । कार्यक्रममा बृद्ध,अशक्त गरि ५३ जनालाई प्रमुख अतिथिहरुले कम्वल बितरण गरेका थिए । त्यसैगरी साे संस्थाले २०७३ सालमा एस एल सि उतिर्ण गरेका विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा संस्थाका प्रसाद ठाकुरले स्वागत मन्तव्य दिएका थिए । सहकारीका अध्यक्ष इन्जीनियर कमलेश्वर ठाकुरकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Share.

Comments are closed.

error: Content is protected !!