सङ्घीय समाजवादी फोरम– प्रशिक्षण

0

इटहरी, ३० भदौ: सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राईले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले ठोस नीतिसहितको प्रभावकारी कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभएको छ ।

आज यहाँ आयोजित इटहरी उपमहानगरपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी सरकारमा भए पनि सरकारको कतिपय कार्यलाई स्वीकार गर्न नसकिने बताउनुभयो । उपाध्यक्ष राईले पार्टीको अवधारणा र भावी रणनीतिका विषयमा प्रशिक्षण दिनुभयो । पार्टीका सचिव पर्शुराम बस्नेतले पार्टीले अघि सारेको नीति, कार्यक्रम र अनुशासनका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!