सगुन तामाङको ‘माछिको भुरी’ गीतमा सलिनाको हट अवतार (भिडियो सहित)

0

काठमाडौँ, १२ माघ : गायक एबं गीतकार सगुन तामाङको ‘माछिको भुरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अहिलेका युवा युवतीको रुचि अनुसारको गीत बजारमा प्रस्तुत गरेको गायक तामाङको भनाइ छ ।

गीतमा सगुन तामाङको आवाज छ भने शब्द पनि पग्ल आफैले लेखेका हुन्। म्युजिक भिडियोको निर्देशन बाबू जिम्बाले गरेका छन्। गीतमा गायक तामाङ र सलिना लिम्बुको अभिनय देख्न सकिन्छ। आफुले गीत सङ्गितमा रहेर सक्दो नेपाली सङ्गितको संरक्षणमा केही हदसम्म भएपनी सहयोग गरेको र आफू खुसी रहेको उनको भनाई छ।

सगुनका ‘सिन्धुली मावर पर्याे मेरो घर‘, ‘उठ नेपाली, जुट गोर्खाली‘, ‘मेटिँदैन रैछ यहाँ माया निष्ठुरीको‘, ‘माया लाग्छ नि हो माया लाग्छ नि‘, ‘याङ तामाङ‘’ लगायत बोलका गीत चर्चित छन् । अन्य चर्चित कलाकारले समेत उनका गीत गाएका छन् ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!