श्रीलंकासँगको तेस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि जित निकाल्दै भारतद्वारा श्रृङ्खला क्लिन स्वीप

0

पुस १०, श्रीलंकासँगको तेस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि जित निकाल्दै भारतले श्रृङ्खला क्लिन स्वीप गरेको छ । आइतबार बेलुका मुम्बईको वानखडे रंगशालमा भएको तेस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतले श्रीलंकालाई पाँच विकेटले हराएको हो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले भारतलाई जितका लागि एक सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । श्रीलंकाका लागि डी गुनारत्नेले ३६ रन बनाए र टिमले २० ओभरमा एक सय ३५ रन । भारतका हार्दिक पाण्ड्य र जयदेव उनदकटले दुई दुई विकेट लिए ।

वाशिङटन सुन्दर, मोहम्मद सिराज र कुलदीप यादवले एक एक विकेट लिए । जवाफी ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले चार चौका र एक छक्काको मद्दतमा २७ रन बनाए । मनीष पाण्डेले ३२, श्रेयस आय्यरले ३०, दिनेश कार्तिकले नटआउट १८ तथा महेन्द्र सिंह धोनीले नटआउट १६ रन बनाए ।

यसअघिका दुई खेल जितेको भारतले तीन खेलको श्रृङ्खला आफ्नो पक्षमा पारेको थियो । आइतबार बेलुका भएको खेलमा जित निकालेपछि भारतले श्रृङ्खला क्लिन स्वीप गरेको हो ।

Share.

Comments are closed.

error: Content is protected !!