श्रीमानलाई काबुमा राख्न खोज्दा दुई करोड डुब्यो

0

एजेन्सी : भारतको गाजियावादस्थित मुरादनगरमा एक एमबीबीएस डाक्टरले २ करोडको दाऊ लगाइन् । ५५ बर्षीया एमबीबीएस महिला डाक्टरले जब आफु रु. २ करोड ठगिएको महसुस गरिन तब यूपी पुलिसमा यसको शिकायत दर्ज गराइन । हो, यी महिला डाक्टरलाई ठग्ने अरु कोही नभएर एक तान्त्रिक बाबा हुन् ।

महिला डाक्टरले आफ्नो श्रीमानलाई काबुमा राख्न तथा छोराको सरकारी जागिरको समस्याको समाधान गर्न भन्दै तान्त्रिकलाई गुहारेकी थिइन । तान्त्रिकले पनि तन्त्र मन्त्रले यो सबै ठीक गरिदिने बाचा गरेका थिए ।

यसको फाइदा उठाउँदै तान्त्रिकले यी महिलासँग ६४ लाख रुपैयाँ र डेढ किलो सुनचाँदीका गहना ठग्न सफल भयो । खबरका अनुसार, तान्त्रिकले महिलालाई दुई करोडभन्दा बढीको चुना लगाइदिएको छ ।

प्रहरीले हालै तान्त्रिकलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ । सुनिता शर्मा नामकी यी चिकित्सक मुरादनगरको अग्रसेन बजारनिवासी हुन् । उनको श्रीमान पनि पेशाले चिकित्सक नै हुन्, जोसँग उनको सम्बन्ध विच्छेद भएको थियो ।

उनी त्यहीँको कोलोनीमा एक प्राइभेट क्लिनक खोलेर बसेकी थिइन । उनी तान्त्रिकको बहकावमा आएर यस्तो गरेको बताएकी छिन् ।

Share.

Comments are closed.

error: Content is protected !!