‘श्रीदेवी अवार्ड’बाट सम्मानित भइन बलिउडकी यी चर्चित अभिनेत्री

0

चैत २६, बलिउड फिल्म र साउथ दुबैमा काम गरिसकेकी अभिनेत्री तमन्ना भाटिया ‘जी अप्सरा अवार्ड’मा श्रीदेवी अवार्डले सम्मानित भएकी छिन। तमन्नालाई यो अवार्ड दिन श्रुति हासन आएकी थिइन् ।

श्रीदेवी अवार्ड लिएपछि तमन्नाले भनिन, श्रीदेवी त्यो मान्छे हुन् जोसंग मैले बलिउड क्षेत्रमा पाइला राख्दा प्रेरणा लिएकी थिए । उहाको नाममा रखिएको पुरस्कार पाउनु मेरो भाग्यको कुरा हो । मैले उहाको जस्तै धेरै सानो उमेरमा काम गर्न शुरु गरेकी थिए र मलाई थाहा छ कि विरासत बनाउन धेरै समय लाग्छ ।

उनले इंस्टाग्रामा अवार्डको साथमा आफ्नो एक तस्विर पोस्ट गरेकी छिन र उनले क्याप्सनमा लेखिकी छिन यो एउटा गर्वको कुरा हो । जिन्दगीमा धेरै दिन धेरै खास हुन्छ र लाइफलाई राम्रो बनाइदिन्छ, आज त्यो मध्य मेरो लागी एक दिन हो । श्रीदेवीको नाममा सम्मान पाउनु मेरो सौभाग्य हो, जी तेलुगु, जी अप्सरा अवार्डलाई धन्यवाद ।

तमन्ना भाटियाले श्रीदेवी अभिनीत ‘हिम्मतवाला’को रिमेकामा प्रमुख भूमिका निभाएकी थिइन् । उनको अब आउने फिल्म ‘कन्ने कलई माने’, ‘ना नूवे’, ‘खामोशी’ र ‘क्वीन वान्स अगेन’ हो । श्रीदेवीको केहि महिनाअघि दुबईको एक होटलको कोठमा निधन भएको थियो। – एजेन्सी

Share.

Comments are closed.

error: Content is protected !!