श्रीदेवीको मृत्युमा अण्डरवर्ल्ड डन दाउद इब्राहिमको हात भएको सनसनीपूर्ण खुलाशा

0

मुम्बइ।बलिउड अभिनेत्री श्रीदेवीको मृत्युको यो भन्दा अघि धेरै मदिरा सेवन गरेकाले भएको भन्ने कुरा पुस्टि भएको थियो। तर यो घटनाले अर्कै मोड लिएको छ। श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको भन्ने तथ्य झुट साबित भएको छ।

बलिउड अभिनेत्री श्रीदेवीको मृत्युमा अण्डरवल्र्ड डन दाउद इब्राहिमको हात भएको एक बरिष्ठ प्रहरी अधिकारीले दावी गरेका छन् । श्रीदेवीको मृत्यु भएको होटलसमेत दाउदकै भएको दिल्लीका पूर्व एसीपी वेद भूषणले बताएका छन् । उनको निजी अनुसन्धान एजेन्सीले सुरुदेखि नै श्रीदेवीको मृत्युबारे अनुसन्धान गरिरहेको छ ।

भूषणका अनुसार प्रहरीले उनको हत्याको विषयमा अनुसन्धान नै गरेको छैन । भूषणले श्रीदेवीको मृत्यु भएको होटल पनि दाउदकै भएको र त्यहाँ सबै कुरा दाउदकै निर्देशनमा भएको बताए । दाउदको दुबईमा पकड भएकोले उनले दुबइ प्रहरीलाई आफूले चाहेजस्तो रिपोर्ट बनाउन दबाब दिएको समेत भूषणको दावी छ । अघिल्लो हप्तामात्र भूषणको टिमले श्रीदेवीको मृत्यु दुर्घटना नभइ सोचेर गरिएको हत्या भएको दावी गरेका थिए

Share.

Comments are closed.

error: Content is protected !!