Monday, May 28

श्रद्धा र कृतिले खेल्न नमानेको फिल्ममा परिणिती भइन फाइनल

0

जेठ २, बलिउड नायिका श्रद्धा र कृतिले सिद्धार्थसँग फिल्ममा खेल्न नमानेपछि परिणिती चोपडालाई फाइनल गरिएको छ । सिद्धार्थ मल्होत्राको अधिकांश फिल्म बलिउडमा टिक्न धौ – धौ भएपछि नायिकाहरले उनीसँग फिल्म खेलेर जोखिम मोल्नु भन्दा नखेल्नै राम्रो हुने निर्णय लिएपछि फिल्मको लागि अस्वीकार गरेका पाइएको हो ।

नायक सिद्धार्थ मल्होत्राको स्टारडम नाजुक स्थितीमा रहेकोले बलिउडमा उनका हरेक चलचित्र असफल बन्दै गएको भनिएपनि एकता कपुरले उनिसँग फिल्म निर्माण गर्ने भएकी छन् । निर्मात्री एकता कपुरको निर्माण गर्ने फिल्ममा सिद्धार्थ र नायिका परिणिती चोपडालाई जोडिको रुपमा देखिने छ ।

एकता कपुरको रोजाइमा रहेका नायिका श्रद्धा र कृतिले फिल्म नखेल्ने बताएपछि परिणितीलाई फाइनल गरिएको हो । कृतिले उक्त फिल्ममा काम गर्ने समय नभएको बताएकी थिइन भने श्रद्धाले कथा मन नपरेर नखेलेको समाचारमा उल्लेख छ ।

यसपछि, नायिका परिणिती चोपडालाई फाइनल गरिएको चलचित्रमा उनले भने कथा निकै मन परेकाले काम गर्न तयार भएको बताइन् । श्रद्धा र कृतिले सिद्धार्थको घट्दो क्रेजका कारण काम गर्न नमानेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!