शीतलहरले होइन, गरिबीले मारेको

0

काठमाडौँ, माघ १४: यस वर्ष पनि शीतलहरले पूर्वी तराईका विपन्न बस्तीमा रुवाबासी छाडेर गयो। प्रदेश २ सहित मधेसका २२ जिल्ला शीतलहरबाट प्रभावित भए। बाढीपीडित, किसान, बालबालिका, ज्येष्ठ नागरिक र दलित बस्ती उच्च जोखिममा परे।

गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार सप्तरी, सिरहा र रौतहटमा गरी ४८ जनाले ज्यान गुमाए। ६ वर्षयता शीतलहरबाट ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ। यस वर्ष पनि सरकारले शीतलहरको मारमा परेकालाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गर्‍यो। एक जिल्लाबराबर १० लाख रुपैयाँको कम्बल, दाउरालगायत न्यानो सामग्रीसमेत बाँडियो। चिकित्सकले जाडोबाट बच्ने विभिन्न उपाय सुझाए।
– अन्नपुर्ण पोष्ट

Share.

Comments are closed.

error: Content is protected !!