शिवजीको पूजा गर्दा गर्नुस् यी मन्त्रको जप पुरा हुन्छ मनको सबै मनोकामना

0

पिएनपिखबर। शिवजीको पुजामा शिव मन्त्रको जपलाई मनोकामना पूर्ण गर्छ भन्ने मानिन्छ । यो मान्यता छ कि मन्त्रद्वारा गरिएको पुजा भगवानसम्म सजिलै पुग्छ। किनकि यसमा वाणीद्वारा भगवानको स्तुति हुन्छ। जान्नुहोस शिव पुजाको सरल मन्त्रको बारेमा:

भगवान शंकरको पन्चाक्षर मन्त्र:

शिव पन्चाक्षर मन्त्र भगवान शंकरलाई अतिप्रेमी छ। शिव पुजामा रुद्राक्षको मालाले यो मन्त्रको १०८ चोटी जप गर्नुपर्छ। यो मन्त्रले शिवलाई छिटो प्रसन्न गर्छ। यो मन्त्रले मनोकामना पूरा गर्नमा मद्दत गर्छ
ऊँ नमः शिवाय।

शिव गायत्री मन्त्र:

ऊँ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात।।

द्वादश ज्योतिलिंग मन्त्र:

द्वादश ज्योतिलिंग मन्त्र एउटा ध्यान मन्त्र हो। जसमा शिवजीको प्रमुख १२ तिर्थ स्थानको बारेमा बताइएको छ। मन्त्रमा यो महिमा बताइएको छ कि बिहान-बेलुका यो मन्त्रको जप गर्नाले सात जन्मको पाप नष्ट हुन्छ।

सौराष्ट्रे सोम्नथन्च, श्री शैलेमल्लिकार्जुनं।
उज्जैन्यांमहाकालं मोम्कारं ममलेश्वरं।।
परल्यां वैद्यनाथं च, दाखिन्यां भीमशन्करं।
सेतुबन्धेतुरामेषं नागेशं दारुकावने।।
वाराणष्यां तु विश्वेशं, त्रयंबकं गौतमि तटे।
हिमालये तु केदारं धुश्मेषं च शिवालये।।
एतानि ज्योतिर्लिङ्गानि, सायं प्रातः पठेन्नरः।
सप्त जन्म कृतं पापं स्मरेण विनश्यति।।

शिव मन्त्र:

ऊँ पार्वतीपतये नमः।
ऊँ नमो नीलकण्ठाय।
ऊँ साम्ब शिवाय नमः।

शिव नमस्कार मन्त्र:

नमः शम्भवाय च मयोभवाय च नमः शन्कराय च मयस्कराय च नमः शिवाय च शिवतराय च।।
ईशानः सर्वविध्यानामीश्वरः सर्वभूतानां ब्रम्हाधिपतिर्ब्रम्हणोधपतिर्ब्रम्हा शिवो मे अस्तु सदाशिवोम।।

– एजेन्सी

Share.

Comments are closed.

error: Content is protected !!