शाही विवाहमा खर्च भयो करिब ४ अर्ब ९९ करोड : ७२ लाखको केक, ४८ करोडको थियो दुलहीको गाउन

0

पिएनपिखबर, भक्तपुर : ब्रिटिश राज सिंहासनको राजकुमार ह्यारीले अमेर‍िकी अभिनेत्री मेगन मार्कलसँग विवाह गरेका छन्। इंग्ल्यान्डमा भएको यस विवाहको पल-पलको खबर र तस्बिर सामाजिक संजालमा छाहीरहेको छ। यस शाहि विवाहमा ब्रिटेनको मात्र चासो नभएर विश्वभरको आखाँ परेको थियो।

जुन विवाहको चर्चा विश्वभरको कुनामा थियो आखिर त्यस विवाहमा खर्च कति भयो भन्ने जिज्ञासा हर कोहीमा हुनु स्वभाविक हो। यस विवाहमा विश्वभरको हस्तीहरु सहभागी थिए। यो भव्य विवाह लन्डनको विंडेसर केसलमा अवस्थित सेंट जर्ज चेपलमा भएको थियो जहाँ मेगलको सम्बन्धको शुरुवात भएको थियो। सो विवाहमा भारतको अभिनेत्री प्रियंका चोपडा पनि सहभागी थिइन्।

प्रिंस ह्यारीको मेगनसँगको यो दोस्रो विवाह हो। यसअघि २०११मा मेगनले फिल्मका निर्देशक ट्रेवर एंगलसनसँग ७ वर्ष डेट गरेर विवाह गरेकी थिइन्। तर त्यस विवाह दुई वर्षभन्दा बढी टिक्न सकेन र डिभोर्स भयो। प्रिन्स ह्यारी र मेगनको पहिलो भेट जुलाई २०१६ मा भएको थियो। पछिल्लो वर्ष यी दुबैले इन्केज्मेंट गरेका थिए।

मेगन र प्र‍िंसह्यारीको लेमन एल्‍डरफलावर केक ५० हजार पाउण्डको थियो भने फुलको सजावटमा १.१० लाख पाउण्ड खर्च गरिएको थियो। ३ लाख पाउण्ड र‍िसेप्‍शनको लागि खर्च भयो। ६ हजार पाउण्ड शाही शादीमा आएका २६४० पाहुनाको स्न्याक्समा खर्च भएको थियो । मार्कल ड्रेसमा खर्च भएको जानकारी छ।

यस विवाहमा कुल ३.२ करोड पाउण्ड खर्च गरिएको थियो। यी सबै खर्चमा सबैभन्दा बढी सुरक्षामा खर्च भएको जानकारी छ। ९० हजार पाउण्ड चाँदी जडान गरिएको २० बाजामा खर्च भएको उल्लेख छ।

Share.

Comments are closed.

error: Content is protected !!