शरीर कमजोर भएको महसुस भएमा के गर्ने ? जान्नुहोस्

0

एजेन्सी : दिनभरको काम ,अनि विभिन्न तनावले गर्दा मानिसको शरीर कम्जोर हुने गर्छन् । कहिलेकाँही खाना राम्ररी नखाँदा पनि मानिसलाई कमजोरीले सताउने गर्छ । कमजोरीको कारण धेरै मानिसहरु बेहोस भएर लड्ने गर्छन् । आफुमा आउने कमजोरीपनलाई कसरी हटाउने भन्ने कुरा सबै मानिसहरुले जानिराख्नु पर्छ । शरीरलाई कम्जोर हुन नदिनको लागी धेरै कुराहरुमा ध्यान दिनुपर्छ ।

कम्जोर महसुस भएमा यस्ता कुरामा ध्यान दिनुहोस :

– हामीले भरपुर पानी पिउनुपर्छ । यदि दिनभरमा केहि खाइएको छैन भने पनि पानी पर्याप्त पिउनुपर्छ, जसले शरीरलाई हाइड्रेट राख्छ । साथै अक्सिजनको मात्रा पनि कायम राख्छ ।

– प्राणयाम पनि राम्रो विधी हो । लामो गहिरो सास लिने र फ्याक्ने प्रक्रिया जारी राखे हुन्छ । अनुलोम विलोम गर्नुहोस् । यसले अक्सिजनको मात्रा बढ्छ । त्यसैले चक्कर आउने संभावना हुँदैन ।

– भिटामिन सि युक्त खानेकुरा सेवन गर्नुपर्छ । यसले थकान कम हुनका साथै प्रतिरोधात्मक क्षमता बढाउँछ ।

– चक्कर लाग्ने समस्या भए एक चम्चा सुख्खा धनिया चपाउनुहोस् र पानी पिउनुहोस् । यो विधी विहान खाली पेटमा गर्नुपर्छ ।

– चक्कर लागेको महसुष भएमा दहीको सेवन गर्नुहोस् । यसले गर्मीमा सितलता का साथै शरीरमा उर्जा पनि जगाउछ ।

– रातभर पानीमा भिजाएर राखिएको बदाम बिहान खाली पेटमा सेवन गर्नुपर्छ । यसले चक्कर लग्नबाट बचाउनु का साथै
मस्तिष्कका लागि पनि फाइदा पुर्याउछ ।

– व्रत बस्दा विहान बेलुकी प्रणायाम गर्नु तथा मौन रहनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । त्यस्तै, शरीर तथा मस्तिष्कलाई पनि भरपूर मात्रामा आराम दिनु उचित हुन्छ ।

Share.

Comments are closed.

error: Content is protected !!