शरीरमा तातो घ्यु खन्याएर युवतीमाथि निर्घात कुटपिट

0

भीमदत्तनगर, ३० फागुन : कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनगाउँकी २४ वर्षीया सोनी चन्द आज बिहान घरमै निर्घात कुटिएकी छन् ।

सोनीलाई कुटपिटका साथै शरीरमा तातो घ्यु खन्याएर भीमदत्तनगरपालिका–१० गड्डाचौकीका राकेश चन्द फरार भएका छन् ।

कुटपिटबाट घाइते भएकी चन्दलाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुटपिटबाट चन्दको शरीरका विभिन्न भागमा चोट लागेको जनाएको छ ।

यसैबीच, आज दिउँसो दोषीमाथि कारबाहीको माग गर्दै वनगाउँका महिलाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मूलढोकामा धर्ना समेत दिएका छन् ।

कुटपिटमा संलग्न राकेशको प्रहरीबाट खोजी भइरहेको छ । रासस

Share.

Comments are closed.

error: Content is protected !!