व्हाट्सयापमा आयो ग्रुप भिडियो कल गर्ने फिचर, यसरी गर्नुहोस् भिडियो कल [तरिकासहित]

0

दुनियाकै सबैभन्दा ठुलो मेसेजीङ् याप व्हाट्सयापमा ग्रुप भिडियो कल गर्न मिल्ने फिचर आएको छ। हालसालै यो फिचर केहि युजर्सलाई मात्र उपलब्ध भएको पाइएको छ। अहिले व्हाट्सयापको ग्रुप भिडियो कलिङ् फिचर एनरोइड र आईओएस दुवै युजर्सको लागि उपलब्ध छ।

यो नँया फिचरको बारेमा जानकारी भने भर्खरै मात्र फेसबुकका सीईओ मार्क जुकरबर्गले फेसबुकको नै वार्षिक डेवलपर कन्फरेन्समा दिएका हुन्। व्हाट्सयापको ट्रयाक गर्ने WaBetaInfo ले आफ्नो ब्लग मार्फत पनि यो नँया फिचरको बारेमा जानकारी दिएको छ।

यो फीचर एनरोइडमा WhatsApp को 2.18.145 भर्सनमा उपलब्ध गराइएको छ। आईओेएस डिभाइसमा चाहिँ यो फीचर 2.18.52 भर्सनमा उपलब्ध छ।

आफ्नो मोबाइल फोनमा व्हाट्सयापको यो फिचर यसरी खोज्नुहोस् :

१) सबै भन्दा पहिला आफ्नो व्हाट्सयाप याप खोल्नुहोस्।

२) त्यसपछि आफ्नो एक जना साथीलाई भिडियो कल गर्नुहोस्।

३) यदि तपाईले भिडियो कल गर्दा खेरी अरु कसैलाई याड गर्नको निमित्त (Add participant) को विकल्प देखाईरहेको छ भने बुझ्नुस कि तपाईको व्हाट्सयापमा भिडियो कलिंगको फिचर अपडेट भईसक्यो।

Share.

Comments are closed.

error: Content is protected !!