व्रतालु महिलाले के खान हुन्छ, के खानु हुदैन जान्नुहोस्

0

काठमाडौँ : कुनै बिशेष पर्व या परम्परा अनुसार मात्रै नभएर हरेक साता एक दिन व्रत बसेर पाचन प्रणालीलाई आराम दिँदा स्वास्थ्यलाई फाइदा पुग्ने जानकारहरुको बुझाई छ । तर भोकै बस्नु मात्र पक्कै पनि व्रत होईन् ।यसमा पनि केहि विधि र प्रक्रिया हुन्छ । त्यसलाई ध्यान दिने हो भने व्रत फलदायी हुनुका साथै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

व्रतमा के खाने ?
व्रत बस्दा शरीरलाई पानीको मात्रा अलि वढी नै चाहिने हुदा अन्य दिनको तुलनामा व्रत बसेको दिन वढी मात्रामा पानी पिउनु पर्छ । व्रत बसेको दिन शरीरलाई चाहिने केही तत्व कम हुने भएकाले सो दिन सकेसम्म शारिरिक श्रम नगर्ने । शरीरमा उर्जा कायम राख्न कागती पानी खाँदा हुन्छ । त्यसमा मिश्री वा मह मिसाएर खाएमा अझ फलदायी हुन्छ । फलफूल र जुस खानु राम्रो मानिन्छ । व्रत बस्दा दुधमा बदाम भिजाएर खाए राम्रो मानिन्छ ।

व्रतमा के नखाने ?
व्रतको समयमा चिल्लो–पिरो तीर ध्यान नदिएकै राम्रो हुन्छ । आलु र मैदाको परिकार सकेसम्म कम खाएको राम्रो ।

गर्भवती महिला व्रत बस्नु हुँदैन। मधुमेह, उच्च रक्तचाप र हाइपरटेन्सन छ भने पनि ब्रत बस्नु हुदैन। हालसालै अपरेसन गरेका व्यक्तिहरु पनि व्रत नबसे राम्रो । मुटु, कलेजो, फोक्सो र मृगौलाको जटिल समस्या भएका व्यक्ति व्रत नवस्दा राम्रो हुन्छ ।

Share.

Comments are closed.

error: Content is protected !!