धनगढी, २९भदौ : कैलालीको जोशीपुर गाउँपालिका वडा नं १का रामप्रशाद जैसी आफ्नै घरमा आज मृत फेला परेका छन् ।
सोही ठाउँमा किराना पसल थापेर व्यवसाय गर्दै आउनुभएका अन्दाजी ३९ वर्षीय जैसी आज बिहान मृत फेला परेको भजनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।
जैसीकी श्रीमती माइती टीकापुर गएका अवस्थामा घरमा कोही नभएको अवस्थामा गए राति सो घटना भएको जनाइएको छ । मृतकको घाँटीमा निलडाम देखिएको छ । राआस्स