वैशाख १७ गते बुद्ध जयन्तीको दिन गर्नुहोस यी कार्य, लक्ष्मीको कृपाले चम्किनेछ तपाईको भाग्य

0

पिएनपिखबर, भक्तपुर : पुर्णिमा माता लक्ष्मी र भगवान विष्णुको दिन हो। बुद्धको अवतारको पनि दिन पर्ने हुनाले यस पुर्णिमालाई निकै महत्वपूर्ण मानिन्छ। जसलाई विष्णुको दश अवतार मध्य एक मानिन्छ। यस दिन घरमा लक्ष्मीको आगमन हुने गर्छ। ज्योतिष शास्त्रमा यस्तै केहि उपाय बताइएको छ जुन यस दिन गर्नु निकै शुभ मानिन्छ। वैशाख १७ गते बुद्ध पुर्णिमा परेको छ, यो एक दुर्लभ अबसर हो जसले तपाईको भाग्य पनि चम्किन सक्छ।

पूर्णिमामा धेरै कुराको ख्याल राख्नुपर्छ। यो दिनमा थोरै मात्र भुल भयो भने लक्ष्मी माता क्रोदित हुन सक्छिन्। यस दिन धेरै खालको उपाय अपनाउन सकिन्छ। यसमा हामीले आफ्नो घरमा धनको आगमन बढाउन सक्छौ। केहि यस्तो उपाय पनि छ जसमा धेरै मेहेनत गर्नुपर्दैन। सजिलैसँग हामी यो उपाय अपनाउन सक्छौ।

लक्ष्मीलाई प्रसन्न पार्न अपनाउनुहोस यी उपाय  :

१. पूर्णिमाको बिहान छिटो उठेर घरको सफाई गर्नुहोस र घरको मुख्यद्वारको बाहिरको भाग राम्ररी पानीले पखाल्नुहोस।

२. त्यसपछि स्नान आदि गर्नुहोस र सफा कपडा लगाउनुहोस।

३. एउटा कचौरोमा थोरौ वेसार र त्यसमा थोरै चोखो पानी मिसाएर घोल्नुहोस्।

४. त्यो घोलबाट घरको मुख्यद्वारमा एक स्वस्तिक बनाउनुहोस् । त्यसमा चामल र सिन्दुर वा अविर पनि चडाउनुहोस्।

. सकेसम्म घरमा सुगन्धित अगरबत्तीको धुवा रहोस्।

६. घरमा कुनै कलह नहोस र भक्तिको वातावरण बनिरहोस।

७. बिहान माता लक्ष्मीलाई साबुदानको खीर बनाएर भोग लगाउनुहोस।

८. श्रीसूक्त वा लक्ष्मी सूक्तको पाठ गर्नुहोस।

. यस उपायबाट तपाईको घरमा लक्ष्मीले बास गर्नेछिन्। लक्ष्मीको कृपाले घरमा धनको कुनै कमी रहदैन र समस्याबाट पनि मुक्ति मिल्दछ।

Share.

Comments are closed.

error: Content is protected !!