Monday, May 28

वैशाख १० गते सोमबारको दिन आउँदैछ पृथ्वीको नजिक एक अपरिचत ग्रह

0

पिएनपिखबर, भक्तपुर : वैशाख १० गते सोमबारको दिन धर्ती, सुर्य वृहस्पति सिधा एक रेखामा आउने छन । यसको साथै एक अपरिचित अनौठो ग्रह पृथ्वीको नजिक आउँछ जसले सर्बनाशको शुरुवात गर्नेछ। कन्सपिरेसी थ्योरीका केहि सिदान्तकारले यस्तो चकित पार्ने दावी गरेका छन् । धर्तीको नजिक एक अजिव ग्रह ‘प्लानेट X’ आउँदै छ र यो आकाशमा प्रष्टै देखिने उनीहरुको दाबी छ ।

हुनेछ विनाशको शुरुवात…..

यस अज्ञात ग्रहको बारेमा लेख्ने डेविड मीडे भन्छन्, ‘मैले पहिला नै भनेको छु कि यस ग्रहको कारणले धर्तीमा प्राकृतिक विपद आउँनेछ । त्यसमा ज्वालामुखी फुट्ने, विनाशकारी भूकम्प आदि पर्ने छन् । यो एक खालको विनाशको शुरुवात हुनेछ जसलाई बाइबलमा पनि लेखिएको छ।’

पहिला पनि गरिएको थियो यस्तो दावी

यसलाई अघिल्लो वर्ष पनि दावी गरिएको थियो जसमा पाल्नेट एक्स ‘निबिरु’ ले धर्तीसँग टक्राएपछि यस विषयको टिप्पणी गरिएको थियो। तर त्यस विषयलाई नासाले झुठो सावित गरेको थियो।

के प्लानेट एक्स नै हो त विनाशको कारण ?

हाम्रो सौर्यमण्डलमा अनुसन्धान गरिएको ग्रह ‘प्लानेट एक्स’ पृथ्वीमाथि समय-समयमा हुन लागेको सामूहिक विलुप्तिको कारक हुन सक्ने वैज्ञानिकको धारणा छ । एक अनुसन्धानको अनुसार अज्ञात प्लानेट उल्का पिण्डको बर्सातको कारण हुनसक्छ जुन हाम्रो ग्रहमा २.७ करोड वर्षको अन्तरालमा हुने सामुहिक विलुप्तिसँग जोडिएको छ। – दैनिक भास्करबाट अनुवादित 

Share.

Comments are closed.

error: Content is protected !!