विश्व चर्चित खेलाडी गांगुली र म्याक्सवेलले गरे सन्दिपको प्रशंसा

0

आइपीएलमा राम्रो पफर्मेन्स दिएर चर्चा बटुलेका नेपाली खेलाडी सन्दिप लामिछानेलाई फेरि अर्को विषयले चर्चामा पुर्याएको छ । उनले भारतीय पूर्व कप्तान सौरभ गांगुलीसँगै गौतम गम्भिर र ग्लेन म्याक्सवेलसँग स्टेज सेयर गरेको विषयले उनलाई फेरि सञ्चारमाध्यमले समाचारको विषय बनाएका छन् ।

सन्दिपले भारतीय सञ्चार माध्यम आजतकको सहायक च्यानलले गरेको अन्तकृयामा स्टेज सेयर गरेका हुन् । विश्व चर्चित खेलाडीहरुसँग स्टेज सेयर गर्न पाउँदा उनले निक्कै खुसी लागेको बताएका छन् ।

यस कार्यक्रममा आजतकको सहायक च्यानलले विभिन्न पिँडीका खेलाडीलाई एउटै स्टेजमा राखेर अन्तरक्रियाका क्रममा ग्लेन म्याक्सवेलले युवा खेलाडी सन्दिप लामिछानेका बारेमा निक्कै प्रशंसा गरेका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!