विश्वकै सबैभन्दा पुड्को जोडी, जसको उचाई ३ फिट मात्र !

0

एजेन्सी : यो जोडी दुनियाकै सबैभन्दा पुड्को जोडी हो । विश्वको सबैभन्दा पुड्को जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी गरिररहेको यो जोडीको १० वर्षअघि सोसल मिडियामा भेट भएदेखि सम्बन्ध सुरु भएको रहेछ । ब्राजिलका पाउलो ग्राब्रियल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः ३४.८ र ३५.२ इन्च छ ।

३१ बर्षीय पाउलो, जो निकै दुर्लभ मानिने डायस्ट्रोफिक डिस्प्लाजिया ड्वाफिर्ज्मबाट ग्रसित छन् १० वर्षअघि होसिनोलाई पहिलोपटक देख्दा नै माया बसेको बताउँछन् ।मन परेपछि पाउलोले होसिनोलाई पर्पोज ठोकिहाले । तर होसिनोलाई मन परेन । उनी पाउलोसँग लभ गर्ने मूडमा थिइनन्, त्यसैले मेसन्जरमा उनलाई ब्लक हानिन् ।

तर १८ महिनापछि होसिनोले पाउलोलाई अनब्लक गरिन् र कथाले अर्कै मोड लियो । होसिनोले अनब्लक गरेको केही मिनेटमै फुरुंग हुँदै पाउलोले हेलो भनिहाले । दुइ महिनापछि पाउलो १८६ किमी दूरी यात्रा गर्दै लोन्ड्रिनास्थित होसिनोको घर पुगे । ४ दिनसम्मको छलफल पछि त उनीहरु डेटिंगमै मस्त हुन थाले । त्यसको ४ वर्षपछि उनीहरु सँगै बस्न थाले । पाउलो आफ्नो पहिलो प्रेमी भएको र ऊसँग भएका कुराहरु आफ्नोलागि पहिलो अनुभवको रुपमा रहेका होसिनो बताउँछिन् ।

Share.

Comments are closed.

error: Content is protected !!