Monday, May 28

विश्वकै “जवान” जनजाति : जहाँ ७० वर्षको उमेरमा पनि महिलाहरु २० वर्षको जस्तो जवान देखिन्छन, यस्तो छ सुन्दरताको रहस्य

0

पिएनपिखबर, भक्तपुर : आजको समयमा मानिस ५५-६० वर्षको भएपछि बुढ्यौली लागेको मान्ने गर्छन। उसको अनुहारको चाउरीपना, झुकेको कद र मेडिकल प्रिस्क्रिप्शनले यसकुरालाई पुष्टि गर्छ। तर भारकको एक कुना यस्तो छ जहाँको मानिस ७५-८० वर्षसम्म बुढो देखिदैन। अझ आश्चर्य लाग्ने कुरा त यो छ कि यहाँ बस्ने महिलाहरु ६५ बर्षको उमेरमा पनि गर्ववती हुनसक्छन।

भारतको कश्मीरको गिलगित-बाल्टिस्तानको पहाडको बीचमा रहेको यस्तो गाउँ छ। त्यहाँ हुंजा जनजातिका मानिस बसोबास गर्न गर्छन। यिनीहरुको औसत आयु ११० देखि १२० सम्मको हुने गर्छ। केहि मानिस त १५० वर्षसम्म जीवित रहेको उल्लेख छ। यहाँका मानिस ७० वर्षमा पनि २० वर्षको उमेरको जस्तो नौजवान दखिन्छन र पुरुष ९० वर्षमा पनि बाबु बन्न सक्छन।

यहाँको बासिन्दाको खुबी त्यस समय चर्चामा आयो जब यस समुदायका एक स्थानीय बासिन्दा सईद अब्दुल मोबुुदुलाई लण्डनमा देखेर इमिग्रेशन अफिसर नै चकित भए । सोधपुछको क्रममा जब यस व्यक्तिले उसको जन्म सन् १८३२ मा भएको भने तब उसको अनुहार र शरीर हेर्दा पत्यार लाग्न मुस्किल थियो। यस्तो उमेरमा पनि यति जवान कसरी भनेर सबै छक्क परे।

यस व्यक्तिको लामो आयुको मुख्य कारण हो स्वस्थ जीवनशैली । यहाँ बस्ने मानिस आफै उत्पादन गरेको खाना खाने गर्छन । हुनजा जनजाति आरु र घाममा सुकाएको ओखर धेरै खाने गर्छन।

खाजामा बाजराको रोटी, जौ र फापर खाने गर्छन। दिनमा मात्र दुई पकट खाना खाने गर्छन । हुंजा जनजातिको मानिस एक प्रसिद्ध यूनानी सम्राट्का अग्रज हुन् । विश्व जित्न निक्लेका सम्राट जब भारतमा विजय गर्न आए तब केहि मानिस त्यही बसेका थिए। यी आफ्नै समुदायका मानिससँग मात्र विवाह गर्छन।

Share.

Comments are closed.

error: Content is protected !!