विश्वकप २०१८ : स्पेनकाे टिम पनि भयाे घाेषणा, अटाएनन अल्भारो मोराटा

0

एजेन्सी : यस वर्ष रूसमा हुन लागेकाे विश्वकप फुटबलका लागि स्पेनले पनि अाफ्नाे टिम घाेषणा गरेकाे छ । सन् २०१० को विश्वकप विजेता राष्ट्र स्पेनले यसपटकको विश्वकपमा पनि उपाधिकाे दाबेदारमध्येमा हेरिएकाे छ । साेही अनुरूपकाे तयारी गरेर स्पेनले २३ जना खेलाडी सम्मिलित टिम घोषणा गरेको हाे ।

रियल मड्रिडबाट चेल्सी गएका स्ट्राइकर अल्भारो मोराटा भने टिममा परेका छैनन् । एफए कप भर्खरै सम्पन्न सिजनमा मोराटाले ११ गोल गरेका थिए, शनिबार मात्रै एफए कपको फाइनलमा उनले अन्तिम समयमा गोल गरेर चेल्सीलार्इ उपाधि दिलाएका थिए । फ्रन्ट लाइनमा चार खेलाडी नराख्ने अाफ्नाे चाहना रहेकाले मोराटा टिममा पर्न नसकेकाे प्रशिक्षक जुलेन लोपेटेगीले बताएका छन् ।

अागामी जुन १४ बाट रूसमा सुरू हुने विश्वकपकाे समूह बी मा स्पेन, पोर्चुगल, मोरक्को र इरान रहेका छन् ।

टिममा अटेका खेलाडी:
गोलरक्षक : डेविड डी जिया, केपा अर्रिजाबालागा र पेपे रिइना,

डिफेन्डर : जोर्डी अल्बा, नाचो मोनरियल, अल्भारो ओड्रिओजोला, नाचो फर्नान्डेज, डानी कारवाहाल, जेराड पिके, सर्जिओ रामोस तथा केसर एज्पिलिक्युटा

मिडफिल्डर : सर्जिओ बास्क्वेट, इस्को, थिएगो एल्कानतारा, डेविड सिल्भा, आन्द्रेस इनिएस्टा, साउल निगुएज र कोके

फरवार्डस् : मार्को एसेन्सिओ, लागो एस्पास, डिएगो कोस्टा, रोड्रिगो मोरिनो तथा लुकास भाज्क्वेज ।

Share.

Comments are closed.

error: Content is protected !!