विल्कुलै फरक धारमा निर्मित ‘खुल्ला आकाश’ को म्यूजिक भिडियो सार्वजनिक  (भिडियो सहित)

0

काठमाडौँ, १२ माघ : युवा गायक रिमेश तामाङको नयाँ नेपाली पप गीत “खुल्ला आकाश” म्यूजिक भिडियो सार्वजनिक भएको छ । पप गीत “खुल्ला आकाश” म्यूजिक भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल रिमेश तामाङ मार्फत वाहिर ल्याइएको हो।

सुमन तामाङद्वारा निर्देशित यस भिडियोमा रिमेश तामाङ र क्रिस्टिना थापाले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।

विल्कुलै फरक धारमा निर्मित “खुल्ला आकाश” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार रिमेश तामाङको संगीत रहेको छ। त्यस्तैगरी रिमेश तामाङको शब्द र सुमन तामाङको एरेञ्जरमा तयार पारिएको भिडियोलाई सुमन तामाङले सम्पादन र छायांकन गरेका छन्।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!