Sunday, May 27

विर हस्पिटल सफाईमा धुर्मुसको चमत्कार: फेसबुक ग्रुप दाह्री ग्यांगको यस्तो सहयोग (हेर्नुहोस भिडियो सहित )

0

दुई वर्षको अन्तरालमा चार एकीकृत बस्ती बनाइसकेका धुर्मुसले ‘विश्वले चिन्नेछ नेपाल’ परियोजनाअन्तर्गत ‘नमुना नेपाल’ र अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइछाड्ने सपनामाथि वीर अस्पतालको सरसफाइ अभियानको भारी पनि आफ्नै थाप्लोमा थापेका छन् । स्वास्थ्य मन्त्रालयको अगुवाइमा गत आइतबारदेखि शुरु भएको वीर अस्पताल सरसफाइको नेतृत्व नेपालमा सफाइका क्षेत्रमा कार्यरत खेम्स क्लिनिङका अध्यक्ष एवम् वाग्मती सफाइ अभियानकर्मी खेम शर्मा र नेपाल सरकारद्धारा सरसफाइदूत घोषित कलाकार धुर्मुसले गरेका छन् ।

अभियानका अन्य सहयोगीमा वाग्मती सफाइका अर्का अभियानकर्ता अर्जुन धरेल र टंक आचार्य छन् । राज्यमन्त्री पदमा अर्यालसँगै शर्मा र धुर्मुसले गत आइतबार वीर अस्पतालको चर्पी सफाइ गरेर अभियानको शुरुआत गरिएको हो । अहिले अस्पतालको विशेषगरी चौथो तलामा काम भएको छ । भूइँतलाको भूइँ टल्किएको छ, चर्पीहरु प्रायः सबै सफा भएका छन् भने भित्तामा रङरोगन गरिँदैछ । लिफ्ट, झ्याल र अरु संरचना टल्काउन खेम्स क्लिनिङका दक्ष जनशक्तिले काम गरिरहेका छन् ।

वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेत भन्छन्, ‘पन्ध्र दिनमा अस्पतालको सफाइ गरी नमूना बनाउने प्रणका साथ उहाँहरुले काम शुरु गर्नुभएको छ, विभिन्न सिफ्ट बनाएर दिनमा १८ घण्टासम्म काम गरिरहनुभएको छ, मलाई लाग्छ यसले वीर अस्पतालको अहिलेको अवस्थामा ठूलो सुधार ल्याउने छ । म यस कार्यबाट अत्यन्तै खुशी छु ।’

भूकम्पपीडितहरुलाई बस्ती बसाल्नेजस्तो अत्यन्त प्रशंसनीय काम गरेका कलाकार धुर्मुस भन्छन्, ‘वीरजस्तो मुलुकको जेठो र संवेदनशील अस्पताल सफाइ गरेर देशका अन्य सरकारी अस्पताल र अस्पताल मात्र नभएर अन्य क्षेत्रमा पनि नमूना पेश गर्न सकियोस् भनेर यो अभियान थालिएको हो ।’ रातदिन काम गरेका छौँ, सक्दो बल लगाएका छौँ, हेरौँ कतिसम्म सम्भव हुन्छ ।’ धुर्मुस सुन्तली फाउण्डेशनले रङरोगनका लागि सामग्री र मजदूरको प्रबन्ध गरेको छ र उनीहरु आफैँले पनि काम गरिरहेका छन् । धुर्मुसले ठट्टा गर्दै भने, ‘मान्छे खेद्नु अघिबाट, पशु खेद्नु पछिबाट’, भनेजस्तै कामको अगुवाइ आफैले गर्नुपर्छ, बल्ल भनेजति काम हुन्छ ।’
हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!