विराटनगरको भारतीय फिल्ड अफिस हटाइने प्रधानमन्त्री ओलीको घोषणा

0

काठमाडौं, वैशाख ५: प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतको फिल्ड अफिस हटाइने बताएका छन् । शनिवार नेपाल कमयुनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले २०६५ भदौ २ गते आएको बाढीले कोसी ब्यारेज भत्काएपछि नेपाली सवारी साधनहरूले भारतीय भूमि प्रयोग गरेर आवजजावत गर्नुपरेपछि त्यसका लागि पास दिन भारतीय दूतावासले खोलेको फिल्ड अफिस हट्ने बताएका हुन् ।

ओलीले १९५० मा भएको नेपाल र भारतबिचको संन्धि पनि फेर्न भारत सहमत भएको समेत बताएका छन् । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले प्रत्रको जवाफ पनि दिएको थिएँ र कार्यालय समेत हटाएको थिएन।

Share.

Comments are closed.

error: Content is protected !!