विमान दुर्घटनामा भै आफ्ना नागरिक गुमाएपछी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मध्यरातमा एक भिडियो संदेश जारी गर्दै तारिफ गरिन नेपाली सेनाको (भिडियोसहित)

0

काठमाडौं, २९ फागुन : युएस–ब‌ंगला एयरको सोमबार काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाका घाइतेहरुको उपचारका लागि बंगलादेश सरकार आपतकालीन सहयोग गर्न तयार रहेको जनाएको छ। बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले सोमबार मध्यरातमा एक भिडियो संदेश जारी गर्दै दुर्घटनामा घाइतहरुको उपचारका लागि नेपाल सरकारलाई जस्तोसुकै आपतकालीन सहयोग गर्न तयार रहेको बताएका छिन ।

प्रधानमन्त्री हसिनाले सोमबार नै समकक्षी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंगापुरबाट फोन वार्ता गर्दै दुर्घटनाको अवस्थाका बारेमा जानकारी लिएकी थिइन्। फोनवार्ताका क्रममा उनले दुर्घटनामा परी मृत्यु भएका सबै यात्रुहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री हसिनाले सोमबार मध्यरातमा सिंगापुरबाटै बंगाली भाषामा भिडियो संदेश जारी गर्दै भनेकी छिन, ‘म अहिले निकै विक्षीप्त अवस्थामा छु। आवश्यक पर्ने जुनसुकै कार्यका लागि नेपाल सरकारलाई सघाउन हामी तयार छौं।’ भिडियो संदेशमा नेपालका प्रधानमन्त्री ओलीसँग हसिनाले फोनवार्ता गरेको बताएकी छन्। ‘उद्दार र घाइतेको उपचारका लागि हामी नेपाललाई सहयोग गर्न हरदम तयार छौं’-उनले भनेकी छिन। भिडियो सन्देशमा उनले घाइतेहरुको काठमाडौंका विभिन्न ५ अस्पतालमा उपचार भइरहेको जनाएकी छन्।

‘घटनास्थल नजिकै नेपाली सेनाको क्याम्प छ। त्यसकारण दुर्घटना लगत्तै नेपाली सेनाले छिटो उद्दार कार्यलाई तीव्रता दिएको थियो’-उनले भनेकी छिन। भिडियोमा प्रधानमन्त्री हसिनाले नेपालका लागि बंगलादेशी राजदुत मासफी बिन्ते साम्सले घटनास्थलको अवलोकन गरिसकेको बताएकी छिन्। बंगलादेशका ३ वटै सुरक्षा निकायका प्रमुख, प्रधानमन्त्रीको कार्यालयका अधिकारी तथा विदेश मन्त्रालयका अधिकारी पनि नेपाल सरकारसँगनिरन्तर सम्पर्कमा रहेको प्रधानमन्त्री हसिनाले बताएकी छिन।

Share.

Comments are closed.

error: Content is protected !!