विमानस्थल निर्माण सम्पन्न गरिनेछ : पूर्वमन्त्री पौडेल

0

कलैया, ३१ भदौ : रेडियो सिमरा ९१.२ मेगाहर्जको आयोजनामा ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवस्था, मुअब्जा वितरण र बस्ती व्यवस्थापन’ विषयक जनसरोकार बहस कार्यक्रम आज जितपुर सिमरा उपमहानगरपालिका–१६ को टाँगीया बस्तीमा सम्पन्न भएको छ । कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न विभिन्न षड्यन्त्र भएपनि विमानस्थल निर्माणको काम सम्पन्न गरेर छाड्ने बताउनुभयो । उहाँले विमानस्थल निर्माणको पहिलो चरणमै टाँगीया बस्ती व्यवस्थापन र अन्य स्थानको जग्गाको मुअब्जासमेत वितरण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख ओम शर्माले विमानस्थल निर्माणको क्षेत्रमा घेराबारसहित काम अघि बढिरहेको जानकारी दिँदै टाँगीया बस्तीका जनतालाई उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा टाँगीया बस्ती सरोकार समितिकी सल्लाहकार पवित्रा कार्की आफूहरुलाई न घर न घाटको बनाउने हो कि भन्ने भय रहेको चिन्ता व्यक्त गर्दै घरबासको पहल गरिदिन आग्रहसमेत गर्नुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!