विप्लवलाई ओलीको सुझाव : बच्चा जस्तो नगर, बरु टेलिफिल्म खेल, धुर्मुस सुन्तलीलाई भन्दिउँला !

0

चैत १८, काठमाडौं : हरेकजसो कार्यक्रममा चोटिला भाषण गरेर दर्शक हसाउँने प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पनि दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य पार्नुभएको छ ।

रिपोटर्स क्लब नेपालको वार्षिकोत्सव समारोहमा प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि युरोपेली युनियनको कडा आलोचना गरेका ओली विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीविरुद्ध भने झनै कडा रुपमा प्रस्तुत हुनुभयो । आफू र प्रचण्डलाई वारेन्ट जारी गरेर विप्लवले बच्चाको भन्दा पनि बढ्दा हाँसोमजाक गरेको ओलीको भनाई थियो ।

आफूलाई खुब सिद्धान्तवादी भन्ने तर सुतली बम वारेन्ट जारी गरे निकै अपरिपक्व व्यवहार देखाएको ओलीको आरोप छ । ‘सुतली बम पड्काउने अनि सिद्धान्तका कुरा गर्ने, सुतली बम सिद्धान्त हुन्छ ?मलाई माक्र्सवादको पूँजीमा कहाँनेर सुतली बम सिद्धान्त छ, देखाइदिनुस’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नचाहिने कुराको पछि नलाग्नुस, यो उचित होइन, चन्दा उठाउनको लागि सिद्धान्तका गफ दिने ?’

ओली यत्तिमै रोकिनुभएन, उहाँले भन्नुभयो, ‘यो केटाकेटी खेल नगर्न म यो विप्लव कि के भन्ने समूहलाई आग्रह गर्दछु, केपी ओलीलाई वारेन्ट जारी भयो रे, यो भन्दा ठट्टा अरु के हुन्छ ? उता मदनकृष्ण र हरिवंशजीहरुसँग आए हुन्थ्यो बरु हाँस्य सिरियल खेल्न म पनि सिफारिस गरिदिन्छु, तपाईँलाई प्रहशन गर्न सुहाउँछ, धुर्मुस सुन्तलीलाई पनि भन्दिउँला बरु ।’

विप्लवलाई यस प्रकारका राजिनीतिक मजाक नगर्न आग्रह गर्दै ओलीले भन्नुभयो, ‘यस्ता मजाक नगर्नुस, यो त अलि बढ्ता भयो के ।’

झण्डै ४५ मिनेट भाषण गरेका ओलीले युरोपेली युनियनतर्फ संकेत गर्दै नेपालमा साम्प्रदायिक र जातिय हिंसा भड्काउन खोजे त्यो उनीहरुकै लागि दुर्भाग्य हुने चेतावनी दिनुभयो ।

Share.

Comments are closed.

error: Content is protected !!