विनासकारी आँधी फिलिपिन पछि चीनतर्फ बढ्दै

0

पिएनपिखबर, भक्तपुर : प्रचण्ड आँधीले मुगखुत उत्तरी फिलिपिनमा तवाही मच्चाएपछि अब आइतबार हंगकंग र दक्षिण चीनतर्फ बढिरहेको छ। फिलिपिनमा आँधी र मुसलधार पानीको साथमा आएको आँधीको कारण ठुलो जनधनको क्षति भएको छ भने १२ जना मानिसको मृत्यु भएको छ।

यो आधी यस वर्षकै सबैभन्दा शक्तिशाली आधी हो। हवाईस्थित संयुक्त आँधी चेतावनी केन्द्रको अनुसार, यस आँधीको बाटोमा ५० लाखभन्दा बढी छन्। मंगखुत जब फिलीपीन पुग्दा चार श्रेणीको अटलांटिक तूफानको बराबर तेज हावा र आँधी चल्यो।

आँधीका कारण चीन र फिलिपिनको बीच चीनको विदेश मन्त्री वांग यीको यात्रा रद्द हुने सहमति भएको छ। तूफानको कारण करीब १५० उडानको रद्द गर्नुको साथै समुद्र मार्गको पनि यात्रा बन्द गरियो। हंककंग आब्जर्वेटरीले भने,’मंगखुत थोरै कमजोरी परेको छ तर यसको प्रभाव अझै पनि धेरै छ। पानी र हावाको वेग भने अझै बढिरहेको छ।

फिलीपीनका राष्ट्रपति रोड्रिगो दुर्तेतेका सल्लाहकार फ्रांसिस टोलेंतिनोको अनुसार आंधी र पानीको कारण भएको भूस्खलन तथा ठुला-ठुला घर खस्नाले गिरने घटनामा १२ मानिसको मृत्यु भएको छ। मृत्यु हुनेमा २ वर्षको बच्चा पनि थियो जुन आफ्नो आमाबाबुसँग ज्यान गुम्यो।

Share.

Comments are closed.

error: Content is protected !!