विद्यालयमै कुटिएका शिक्षक १९ दिनदेखि बेपत्ता

0

रुकुम , ३१ भदौ: विद्यालय परिसरमै कुटिएका रुकुम पूर्वका एक शिक्षक १९ दिनदेखि बेपत्ता भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । समाचारका अनुसार ३१ साउनमा विद्यालयमै कुटिएका पुथाउत्तरगंगा गाँउपालिका–२ स्थित आधारभूत विद्यालय पेल्मा मैकोेटका शिक्षक मखन केसी १२ भदौदेखि सम्पर्कविहीन भएका हुन् ।

उनलाई कसले र किन कुटपिट गर्‍यो अझै खुल्न सकेको छैन । बेपत्ता केसीका दाइ मोहनबहादुरले भाइलाई कुटपिट गरी बेपत्ता पारिएको बताए ।

Share.

Comments are closed.

error: Content is protected !!