विकास निर्माणमा राजनीति नगर्नुस् : प्रमुख आयुक्त बस्न्यात

0

खोटाङ, १५ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले विकास निर्माणका योजनामा राजनीतिकरण गर्न नहुने बताउनुभएको छ ।

आफ्नो गृह जिल्ला खोटाङको छोरम्बुमा आज आयोजित सम्मान कार्यक्रममा उहाँले भन्नुभयो –“पछिल्लो समय विकास निर्माणका योजनामा बढ्दो राजनीतिकरणका कारण देशमा अपेक्षित विकास हुन सकेको छैन ।”

प्रमुख आयुक्त दीप बस्न्यातले “विकासका नाममा राजनीति नगर्नुस्, राजनीतिबाट विकास गर्नुस्”,भन्दै “आफूले दिएको आश्वासन पूरा गर्नुस्, सम्पूर्ण विकासका आयाम पूरा हुँदै जान्छ,” बताउनुभयो ।

४७ वर्षपछि गृह जिल्ला खोटाङ आउनुभएका प्रमुख आयुक्त बस्न्यातलाई विकट जिल्लामा जन्मिएर पनि राज्यको उच्च तहमा पुगेर देशको सेवा गरेकोमा छोरम्बुवासीले दोसल्ला ओढाएर सम्मान गरेको छ ।

उहाँले आजै दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा विस्तार गरिएको केन्द्रीय विद्युत् प्रसारण लाइनको उद्घाटन पनि गर्नुभयो । रासस

Share.

Comments are closed.

error: Content is protected !!