वार्ता स्थगित भएको भोलिपल्ट काश्मिरमा छ जनाको मृत्यु

0

श्रीनगर, भारत, ८ असोज: भारत र पाकिस्तानबीचको दुई पक्षीय उच्चस्तरीय वार्ता स्थगित भएको भोलिपल्ट भारतको काश्मिरमा छ जना मारिएका छन् । मारिने मध्ये एक जना सुरक्षाकर्मी र अरु पाँच जना लडाकू रहेको समाचारमा जनाइएको छ । दुई पक्षबीचको भिडन्तमा परी उनीहरु मारिएको सैन्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

भारतीय सेनाका कर्णेल राजेश कालीले भारत र पाकिस्तानको सिमाना पार गर्न खोज्ने दुई जना शंकास्पद व्यक्तिहरु आइतबार मारिएको बताउनुभयो । त्यस बाहेक अन्य तीन शंकास्पद लडाकूहरु र अर्का एक जना सुरक्षाकर्मी सोमबार मारिएको उहाँको भनाई छ । घटना भएको ठाउँ उत्तरी ताङधार क्षेत्र हो ।
-रासस÷एएफपी

Share.

Comments are closed.

error: Content is protected !!