वसन्तपुर–म्याङलुङ सडक अवरुद्ध

0

तेह्रथुम, २५ भदौ : सडक माथिबाट खसेको पहिरोका कारण कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड अवरुद्ध भएको छ । लालीगुराँस नगरपालिका–९ स्थित लसुने बजारनजिकै वाइन फ्याक्ट्री छेउमा आज मध्यान्ह पहिरो खसेपछि म्याङ्लुङबाट सङ्खुवासभा, धनकुटा, काठमाडौँ र पूर्वी तराईका जिल्लातर्फ जाने सवारीसाधन चल्न सकेका छैनन् भने धरान र अन्य विभिन्न ठाउँबाट म्याङलुङका लागि छुटेका गाडी र यात्रु बाटोमै अलपत्र परेका छन् । पहिरोका कारण हिलाम्मे सडकमा यात्रुको विजोग भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत निर्माणाधीन उक्त सडकखण्डमा खसेको पहिरो पन्छाउन डोजर भर्खरै पुगेकाले सडक खुल्न अझै केही समय लाग्ने यातायात व्यवसायी डिल्ली रेग्मीले बताउनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!