वन्यजन्तु संरक्षणमा प्रेरित गर्न लक्षित कार्यक्रम गर्नुस् : मन्त्री बस्नेत

0

काठमाडौँ, ५ जेठ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार निर्माण र वातावरण संरक्षणको समूचित व्यवस्थापन गरेर अघि बढ्ने बताउनुभएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)नेपालको २५ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले पूर्वाधार निर्माण मुलुकको अहिलेको पहिलो कार्यसूची भएको हुँदा प्राथमिकता र आवश्यकतालाई तालमेल मिलाएर काम गरिनेछ भन्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “मध्यवर्ती क्षेत्रका नागरिकलाई वन्यजन्तु समस्या होइन, बरु आफ्ना अरु समस्या समाधानको सहयोगी माध्यम हुन्छ भन्ने व्यावहारिकरुपमा महसुस गराउन आवश्यक छ ।” प्रकृति र जैविक विविधताको संरक्षण त्यति बेला हुन्छ जति बेला स्थानीयले वन्यजन्तु हाम्रा बाधक होइनन् भन्ने बुझ्नेछन् भन्दै उहाँले उनीहरुका लागि वन्यजन्तु संरक्षण गर्न प्रेरित गर्ने लक्षित कार्यक्रम सञ्चालनतर्फ ध्यान पु¥याउन सुझाव दिनुभयो ।

विश्व वन्यजन्तु कोष नेपालका निर्देशक डा घन गुरुङले मुलुकको दीगो विकास र पर्यटन प्रवद्र्धनमा वन्यजन्तु संरक्षणको निकै ठूलो योगदान रहने विश्वास दिलाउनुभयो । विश्व वन्यजन्तु विकास कोषका लागि अमेरिकाले व्यवस्थापन गरेको कार्यक्रमका उपाध्यक्ष रोवर्टो ट्रोयाले वन्यजन्तु संरक्षणमा स्थानीय जनतालाई सहभागी गराउन नेपालले अघि सारेको कार्यक्रम उदाहरणीय रहेको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाली सेनालाई प्रकृति र वन्यजन्तु संरक्षणमा पु¥याएको योगदानको कदरस्वरुप ‘प्रकृति संरक्षण रजत महोत्सव’ सम्मान प्रदान गरियो । सो अवसरमा जनसंख्या र भूगोलको हिसाबले नेपाल मझौला मुलुक भएपनि लोपोन्मुख वन्यजन्तु संरक्षण र जैविक विविधताका हिसाबले विश्वमै धनी रहेको तथा वन्यजन्तु संरक्षणमा हासिल गरेको प्रगतिको योगदान झल्कने वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

समारोहमा नेपालमा वन्यजन्तु संरक्षण र जैविक विविधता संरक्षणमा विशिष्ट योगदान पु¥याउने सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संघ संस्था र व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरियो । स्न २०११ देखि २०१८ को अवधिमा नेपालमा गैँडाको शून्य चोरी शिकार कायम गर्न सफल भएको भनी नेपाली सेनाका सम्बन्धित निकुन्जमा तैनाथ गणलाई पुरस्कृत गरियो ।

समारोहमा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा निधन भएका प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान दिएका व्यक्तिको स्मृतिका लागि स्थापित प्रकृति संरक्षण पुरस्कार विभिन्न छात्रछात्रालाई प्रदान गरियो । नेपालमा विश्व वन्यजन्तु कोषले ५० वर्षदेखि काम गरेपनि कार्यालय स्थापना गरेर काम गरेको २५ वर्ष मात्र पुगेको छ । कोषका कार्यक्रम १०० भन्दाबढी मुलुकमा सञ्चालनमा रहेका छन् ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!