लोप हुन लागेको ‘ सेर्गेम’ लाई यसरी एल्बममा समावेश गरीन् गायिका मन्जु लामाले [भिडियो सहित]

0

पिएनपिखबर। गायिका मन्जु लामा नयाँ एल्बम ‘सेर्गेम’ को साथमा दर्शकहरु माझ नवगायिकाको रुपमा उदाउँदै छिन्। अहिलेका नयाँ पुस्ता माझ लोक प्रिय गीत मार्फत उनी प्रस्तुत भएकी छिन्।

उक्त एल्बमको केहि गीतको भिडियो सार्वजनिक भईसकेका छन् भने केहिको अझै हुन बाँकी नै छ। म्युजिक भिडियोलाई छायांकन र भिडियो निर्देशन निर्णय श्रेष्ठले गरेका छन्।

पहिला निकै संघर्ष गरेर केहि गीत गाईसकेकी गायिका मन्जु लामाको यो पहिलो सोलो एल्बम हो। उनले आफ्नो जीवनमा गायन क्षेत्रमा धेरै नै संघर्ष गर्नु परेको बताउछिन्। गाउँघर तिर हुँदा देखि नै गाउँदै आएकी गायिका मन्जु लामा आफु आगाडी बढ्नु र आजको दिन सम्म आइपुग्नुमा आफ्नो परिवारलाई श्रेय दिन चाहन्छिन्।

‘पढ्दै पनि थिए काम पनि गर्दै थिए त्यसैले पनि मैले निरन्ता दिन सकिन।म केहि बर्ष विदेशीएकि पनि थिए। बच्चा देखिको एल्बम निकाल्ने सपना पुरा भएको छ आज निकै खुसि छु।’ उनले खुसि हुँदै भनिन्।

‘गीत गाउने रहर मात्र भएर नहुने रहेछ। पैसाले धेरै कुरामा असर पार्दो रहेछ। तर ढिला छिटो भए पनि एल्बम विमोचन गर्न पाए। ‘ भावुक हुँदै उनले आफ्नो भनाई व्यक्त गरिन्।

हेर्नुस गायिका मन्जु लामासँग गरिएको भावुक कुराकानी:

Share.

Comments are closed.

error: Content is protected !!