लेखनाथ महोत्सवमा लोकदोहोरी गायिका ज्योति मगर निषेध

0

पोखरा : लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १४ अाैँ लेखनाथ महोत्सवमा लोकदोहोरी गायिका ज्योति मगरलाई निषेध गर्ने निर्णय गरिएको छ ।

यस अघि पोखरामा आयोजित कार्यक्रमहरूमा ज्योति मगरले दिएका प्रस्तुतिलाई विषय बनाएर विभिन्न टिकाटिप्पणी हुने भएकाले उनलाई नबोलाइएको लेखनाथ उद्योग वाणिज्य संघले जानकारी गराएको छ ।

महोत्सवका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्हरि भण्डारीले लेखनाथ नगरपालिकाको संस्कृति, स्थानीय उत्पादनको प्रवर्द्धन, सुशासन र समृद्धि सहितको विकास, निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको भएता पनि समाजमा विकृति फैलाउने कलाकारलाई निषेध गरिएको बताए ।

भण्डारीका अनुसार महोत्सवको आकर्षणको रूपमा अाैद्योगिक व्यापार महोत्सव अवलोकनका साथै विभिन्न स्थानीय परिकारको स्वादमा रमाउँदै स्थानीय उत्पादन अवलोकन तथा खरिदविक्री गर्ने रहेको छ । कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय कलाकारका विभिन्न स्वादका मनोरञ्जनात्मक प्रस्तुति समेत समेटिने छ ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत एकल नृत्य विधामा ‘गण्डकी तारा’ नामक नृत्य प्रतियोगिता समेत गरिने कार्यक्रम आयोजकले बताएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!