‘लिटिल बुद्ध’ गुरुलाई बलात्कारी बनाई बद्नाम गराउन छोरीलाई हतियार बनाइयो भन्दै आनीका बाबु मिडियामा [भिडियो]

0

काठमाडौँ: लिटिल बुद्ध भनेर प्रचार गरिएका रामबहादुर बम्जनलाई बलात्कारको आरोप लागेपछि बोधी श्रवण धर्म संघले रामबहादुर बम्जन गुरुलाई बलात्कारी बनाई बद्नाम गराउन कुकृत्य रचिएको बताएका छन । आज रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलन आयोजना गरि बलात्कारको आरोप लगाउने आनीका बाबुले ‘लिटिल बुद्ध’ गुरुलाई बलात्कारी बनाई बद्नाम गराउन छोरीलाई हतियार बनाइयो भनेर आक्रोश पोखेका छन।

रामबहादुर बम्जनले बलात्कार गरेको भनिएकी महिला आनी हुन् । उनी ‘धर्मगुरु’ बम्जनको सिन्धुलीस्थित गुम्बामा आनी बन्न गएकी थिइन् । पहिलो पटक दुई वर्ष अघि बम्जनकी श्रीमती काठमाडौं आएको बेला आफूलाई बलात्कार गरेको उनको दाबी छ । बलात्कार भए लगत्तै आफूले प्रहरीलाई उजुरी गर्न खोज्दा बम्जनकी श्रीमतीले धम्काएका कारण आफूले यो विषय बाहिर ल्याउन नसकेको आनीले बताएकि थिइन ।

बोधी श्रवण धर्म संघले गुरुमाथि एकजना आनी धर्मशीलपालना गर्न आफुलाई कृतसंकल्पित राख्न नसकेर गुरु आश्रमबाट बाहिरिनु परेको पिडामा खेल्दै केहि कुतत्वहरुले आनीलाई हतियार बनाएर गुरुलाई बलात्कार जस्तो जघन्य आरोप लगाउन कोशिश गरेको दावी गरेको छ। तथ्य र यथार्थ नजनिकन आस्थामाथि चोट पुर्याउने गरि प्रहार गरिएको भन्दै संघका सदस्यहरुले आक्रोश पोखेका थिए ।

हेर्नुस भिडियो:

Share.

Comments are closed.

error: Content is protected !!