ला लिगा: बार्सिलोनाद्वारा आलाभेस २–१ गोलले पराजित

0

माघ १५, स्पेनिस ला लिगा फुटवलमा बार्सिलोना विजयी भएको छ । गएको राति भएको खेलमा बार्सिलोनाले आलाभेसलाई २–१ ले हराएको हो ।

फिलिप कोटिन्होले बार्सिलोनाबाट डेब्यु गरेको खेलमा टीमलाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरे । यो सँगै मेस्सीले ला लिगाको यो सिजनमा गोल संख्या २० पुर्याएका छन् ।

नजितापछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी ११ भएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!