लाभग्राही सूचीमा दुई हजार ३४५ भूकम्पपीडित थपिए

0

काठमाडौँ, २९ भदौ: राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले दुई हजार ३४५ गुनासोकर्तालाई पुनः निर्माण लाभग्राही सूचीमा समावेश गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा आज बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ साल मङ्सिर मसान्तसम्म दर्ता भएका १३ हजार ३७९ गुनासो फछ्र्यौट गरेको हो ।

बैठकले नौ हजार ८३७ गुनासोकर्तालाई प्रबलीकरण लाभग्राहीमा सूचीकृत गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी ८५९ गुनासोकर्तालाई सम्भावित लाभग्राही कायम गरेको छ । कार्यकारी समितिले १४ जिल्लाका अति प्रभावित सात हजार ८८४ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ । प्रभावित १६ जिल्लाका तीन हजार ६१७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २२० जनाको अर्को स्थानमा बस्न योग्य घर भए÷नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय पनि गरेको छ । पुनः निर्माण लाभग्राहीले आफ्नो घर बनाउन प्राधिकरणबाट तीन किस्तामा रु तीन लाख र प्रबलीकरण लाभग्राहीले दुई किस्तामा रु एक लाख अनुदान पाउँछन् । यो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!