लागूऔषध सहित दुई पक्राउ

0

लहान, १३ माघ (रासस) : लागुऔषधसहित प्रहरीले आज दिउँसो सिरहाको लहान नगरपालिका–३ स्थित ठाडीचौकबाट दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का महेश चौधरी र सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।

लहान नगरपालिका–३ स्थित ठाडीचोकमा खटिएको प्रहरी टोलीले दुवैजना सवार बा २१ प ६७२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागु औषध डाइजेल्याप–५ एम्पुल, लुपिजेसिक–५ एम्पुल, फेनारगन–५ एम्पुल, नाइट्रोजन ट्याब्लेट १३० थान र गाँजा दुईसय ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!