लागुऔषधसहित दुई जनालाई पक्राउ

0

काठमाडौँ, १५ माघ (रासस) : महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ । बिहान उदयपुरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७१०० नंको बस जाँच गर्दा १९६ एम्पुल डाइजेपाम, १९७ एम्पुल बुफ्रिनर्फी र २०० एम्पुल नाइट्रोपामसहित सप्तरीका कृष्ण दासलाई पक्राउ गरिएको हो ।

त्यस्तै नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ८९३८ नंकोे बसबाट काठमाडौँ आउँदै गरेका नरबहादुर बुढाका साथबाट नाइट्रोजापाम ९०० ट्याबलेट बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!