रोयल लिग ब्रेकिंग डान्स च्याम्पियनसीप २०१८ को पोखरा अडिसन सम्पन्न [भिडियो]

0

पोखरा: नेपाली हिप-पप डान्स कल्चरलाई प्रबर्द्धन गर्न पिएनपि मिडियाको प्रायोजनमा रोयल ब्रेकर्स क्रिउ भक्तपुरको सहकार्यमा रोयल लिग ब्रेकिंग डान्स च्याम्पियनसीप २०१८ को पोखरा अडिसन भव्यताको साथ सम्पन्न भएको छ । शुक्रबार पोखराको महेन्द्रपुलमा अवस्थित पोखरा ट्रेड मलको इन्द्रेणी ब्यांकव्यटको हलमा आयोजना भएको कार्यक्रममा पोखराका सोलमेट्ज क्रिउ र इपिसी क्रिउ विच क्रिउ अन क्रिउ ब्याटल भएको थियो । इपिसी क्रिउलाई हराउदै पोखराबाट सोलमेट्ज क्रिउ आगामी अक्टोबर ६ मा भक्तपुरमा हुने मेन इभेन्टको लागि छनौट भएको छ । अडिसनमा छनौट भएको टिम(क्वालीफायर)ले नगद रु १० हजार पाउनेछ।

कुल १६ जना प्रतिष्पर्धीमध्ये वन अन वन ब्याटलमा भने सबै प्रतिष्पर्धी पछाडी पार्दै पोखराका बि-बोय कनेकी बिजेता बन्न सफल भए। हिप-पप प्रेमी पोखराका स्थानीयको बाक्लो उपस्थिति रहेको रोयल लिग ब्रेकिंग डान्स च्याम्पियनशिप २०१८ को पोखरा अडिसनमा हिप-पप डान्स कल्चरमा महत्वपूर्ण योगदान पुर्याउदै आएका सुमन तामांग(सी-फिफ्टीन), निशान्त गौचन(बि-बोय नुर) , कर्म लिम्बु(बि-बोय ह्याप्पी) निर्णायकको भूमिकामा थिए। डान्स लिगको आगामी चरणमा काठमाडौँ र धरानमा अडिसन हुनेछ।

यसअघि बुटवलमा विविध कारणले गर्दा एक मात्र क्रिउ पावरेल इन्स्टिन्क्ट सहभागि भएकोले उक्त क्रिउ सिधै फाइनलमा पुगेको हुनाले काठमाण्डौ अडिसनमा छनौट हुने टिमसँग सेमिफाइनल ब्याटल गर्नेछ । यस्तै पोखरा र धरानबाट छनौट भएको टिमले पनि सेमिफाइनल ब्याटल गर्नेछ। पोखरा, बुटवल, धरान र काठमाडौँको अडिसनबाट छनौट भएको टिमले भक्तपुरमा अक्टोबर ६ मा हुने मेन इभेन्टमा प्रतिष्पर्धा गर्नेछन। नेपालकै पहिलो रोयल लिग च्याम्पियन(बिजेता) टिमले १ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार पाउनेछ।

Share.

Comments are closed.

error: Content is protected !!