रोनाल्डो र मार्सेलो नखेल्ने, रियल मड्रिड लास पालमससँग भिड्दै

0

एजेन्सी : क्रिष्टियानो रोनाल्डोको टोली रियल मड्रिडले रेलिगेसनको खतरामा रहेको टोली लास पालमससँग आज प्रतिस्पर्धा गर्दैछ । लिगमा तेस्रो स्थानको मड्रिडले १८ औ स्थानको पालमससँग आज राति सवा १० बजे अवे मैदानमा खेल्न लागेको हो । तर आजको खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो, टोनी क्रुज, मार्सेलो र कार्भाहाललाई आराम दिईएको छ । उनीहरुलाई मंगलबार हुने युभेन्ट्स विरुद्धको च्याम्पियन्स लिगको क्वटार फाइनल खेलको लागि तयार पारिएको प्रशिक्षक जिनेदिन जिदानले जानकारी दिए ।

पछिल्लो पाँच खेललाई हेर्दा मड्रिड लास पालमसभन्दा बलियो देखिएको छ । मड्रिड र पालमसबीचको गएको पाँच खेलमा मड्रिड ३ पटक विजयी भएको छ । २ खेलमा दुवैले बराबरी खेलेका छन् । आजको खेल जिते मड्रिडले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक दुरी समेत कम गर्नेछ । लिगमा मड्रिडको ६० अंक छभने दोस्रो स्थानको एथ्लेटिकोको ६४ अंक छ । शिर्ष स्थानको बार्साको ७५ अंक छ ।

Share.

Comments are closed.

error: Content is protected !!