रेस्टुरेन्टमा खाना खाँदा हात सड्न थालेपछि..

0

दक्षिण कोरियामा एकजना व्यक्तिले रेस्टुरेन्टमा ‘सुशी’ माछा र चामलबाट बनेको डिस खाएका थिए । रेस्टुरेन्टमा उक्त डिस खाएर घर फर्केको १२ घण्टामा ती व्यक्तिलाई आफ्नो हातका छालाहरु सढेको अनुभव भयो । हेर्दा हेर्दा हातका छाला फुल्न र गल्न शुरु भए ।

दुई दिनसम्म असह्य पीडा सहेपछि उनी चिकित्स कहाँ पुगे । चिकित्सकले उनलाई मासु खाने ब्याक्टेरिया विब्रियोको कारणले उनको छाला सडेको बताए । चिकित्सकले तुरुन्तै उनको छालामा आएका घाउहरुको उपचार गर्न शुरु गरे तर तबसम्म निकै ढिलो भैसकेको थियो ।

ती व्यक्ति मधुमेहका विमारी थिए साथै उनको किड्नीको पनि समस्या थियो जसकारण उनी डायलसिस गराइरहेका थिए । चिकित्सकले उनलाई इंट्रावेनस एंटीबायोटिक्स दिए । यसकारण उनको अवस्था झनै बिग्रियो । मधुमेह भएका मानिसहरुमा छालाको विमारी ठिक हुन समय लाग्छ । कतिपय अवस्थामा त्यो ठिक हुँदैन ।

निर्विकल्प बनेपछि ७१ वर्षीय ती व्यक्तिको ज्यान बचाउनका लागि चिकित्सकले उनको हात काट्नु पर्‍यो । सर्जरी पछि उनको स्वास्थ्य  अवस्थामा तिब्र सुधार आएको चिकित्सकहरुले बताएका छन् । रिपोर्टको अनुसार उनमा ती ब्याक्टेरियाका खुसिको माध्यमबाट सरेका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!