रुसले बनायो राती पनि झलमलै हुने कृत्रिम तारा

0

एजेन्सी : रातको समयमा उज्यालो पार्नका लागि रुसले ‘मयक’ नाम गरेको ‘कृत्रिम तारा’ अर्थात भूउपग्रह आकाशमा सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

गत जुलाई १४ मा रुसको ‘बैकोनुर स्पेसपोर्ट’बाट रसियन स्पेस एजेन्सीको सहयोगमा ‘सोयुज २ दशमलब १ ए’ रकेटको सहायताले ‘मयक’ नाम गरेको उक्त चम्किलो ‘कृत्रिम तारा’ पृथ्वीको कक्षसम्म पुग्न सफल भएको रुसी वैज्ञानिकहरुले बताएका हुन् ।

उक्त ‘कृत्रिम तारा’ रातको समयमा पृथ्वीको कक्षबाट सूर्यको प्रकाश परावर्तन भएपछि पृथ्वीमा चम्किलो प्रकाश परावर्तन हुने मानव निर्मित पहिलो तारा भएको वैज्ञानिकहरुको दाबी छ ।

नांगो आँखाले भने यसलाई देख्न नसकिने, तर गेजर्स नाम गरेको मोबाइल एप्सबाट आफ्नो टोलीको आइडी नम्बरमार्फत् ट्रयाक गर्न भने सकिने जनाइएको छ ।

वैज्ञानिकहरुले उक्त मयक नाम गरेको भूउपग्रहको निर्माणका लागि क्राउड–फन्डेडले करिब २० हजार अमेरिकी डलर सहयोग गरेको बताएका छन् । उनीहरुकाअनुसार यसको डिजाइन रातको समयमा पृथ्वीमा कृत्रिम उज्यालोको लागि कोशेढुंगा भएको बताएका छन् ।

तर, केही खगोलशास्त्रीहरुले यस्तो आविष्कारको विरोध गर्दै ‘अर्थहीन योजना, पृथ्वीको लागि दुर्भाग्यपूर्ण र लज्जास्पद’ भएको बताएका छन् ।

मस्कोस्थित मेकानिकल विश्वविद्यालयका इन्जिनियरहरुले मयक नाम गरेको उक्त भूउपग्रह एउटा ‘दीपस्तम्भ’ भएको उल्लेख गर्दै सूर्यको प्रकाशहरु सजिलै परावर्तन गरी एक चम्किलो ताराकोरुपमा रहेर भविष्यमा पृथ्वीलाई उज्यालो बनाउन उद्धाहरण भएको बताएका छन् ।

नर्थ अम्बेरल्यान्डस्थित केल्डर अब्जभेटरी सेन्टरका पूर्व उपनिर्देशक तथा खगोलशास्त्री निक हाउइसले ‘आइएफएल साइन्स’लाई हाम्रो वरिपरिका ग्रहहरुको अँध्यारो आकाशसँग लड्नका लागि तयार भएको संकेतको रुपमा यसलाई लिनु पर्ने बताए ।

त्रिकोणात्मक आकारको उक्त भू–उपग्रहको अकार १७० वर्ग्फिट रहेको छ । पातालो पोलिमिटर फिल्मबाट बनेको उक्त फिल्म मानिसको कपालभन्दा २० गुणा पातलो रहेको र प्रत्येक किनार ९ फिट लामो रहेको डेलिमेल अनलाइनले उल्लेख गरेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!